दलितलाई पाँच हजार जरिवाना गर्ने पुजारी पक्राउ



२४ माघ, रामेछाप ।
रामेछाप जिल्ला बेताली–३ मा मन्दिरभित्र प्रवेश गरेर दलितले पुजा गरेको भन्दै कृष्णबहादुर विश्वकर्मालाई पाँच हजार जरिवाना गर्ने पुजारीद्धय छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । पीडित कृष्णबहादुर विश्वकर्माले दिएको उजुरीको आधारमा पुजारीद्धयलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी कुमुद ढुङगेलले उजुरीका आधारमा पक्राउ गरेर हिरासतमा राखिएको बताए । उनले कानुन अनुसार कारवाही प्रक्रिया अगाडि बढाउने बताए । डिएसपी ढुङगेलले रामेछाप न्युजसँग भने,‘उजुरी आधारमा दुवै पक्षसँग छलफल गर्दा सहमति जुटन सकेन, पीडितले मिलापत्र गर्न नमानेपछि पाँच हजार जरिवाना गर्ने पुजारीद्धयलाई पक्राउ गरिएको हो ।’ बेतालीमा सहमति जुटन नसकेपछि उजुरी दिन पीडित कृष्णबहादुर बुढाथोकी जिल्ला प्रहरी कार्यालय रामेछाप आएका थिए ।
जातीय विभेद वा छुवाछूत ९कसुर र सजाय० ऐन २०६८ बमोजिम जातीय छुवाछूत गर्ने वा गराउने व्यक्तिलाई तीन महिना देखि तीन वर्षसम्म कैद वा एकहजारदेखि २५ हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ ।नेपालको संबिधान २०७२ को धारा २४ ले छुवाछुत विरुद्दको हकलाई मौलिक खको रुपमा परिभाषित गरेको छ । नयाँ संबिधानमा दलित हक भनि मौलिक हकको रुपमा धारा ४० र जातीय भेदभाव तथा छुवाछुत विरुद्दको हक भनि धार्रा २४ मा उल्लेख गरिएको छ । मुलुकी ऐन २०२० मा भएको संसोधनले सबै भन्दा पहिले छुवाछुत र जातीय भेदभावलाई निषेध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्