रामेछापमा १ लाख ३३ हजार ९ सय मतदाता



३ फागुन, रामेछाप ।
रामेछाप जिल्लामा मतदाताको संख्या १ लाख ३३ हजार ९ सय पुगेको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार मतदाता नामावली संकलन गर्ने काम भइरहेकाले अझै बढ्ने बताएको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापका सुचना अधिकारी रामहरि केसीले रामेछाप न्युजसँग भने,‘मतदाना नामावली संकलन गर्ने काम भइरहेको छ, जिल्लामा छुटेकाहरुले सदरकुकाम मन्थलीमा आएर नामावली दर्ता गराउन सक्छन ।’

उनका अनुसार जिल्ला प्रशासन कार्यालय रामेछाप र जिल्ला निर्वाचन कार्यालय रामेछाप मार्फत अहिले पनि मतदाता नामावली संकलनको कार्य भइरहेको छ । सूचना अधिकारी केसीले मतदाता नामावलीको लागि नागरिकता सहित व्यक्ति स्वयमं उपस्थिति हुनुपर्ने बताए । हाल जिल्लाभरबाट संकलन गरिएका मतदाताहरुको परिचयपत्र भने निर्वाचनको क्रममा सम्बन्धि गाविसमा पुर्याउने निर्वाचन कार्यालयले बताएको छ । स्थानीय तहको निर्वाचनको लागि रामेछापमा १७ वटा राजनीतिक दल दर्ता भएका छन् ।

२०६८ को जनगणना अनुसार रामेछाप जिल्लामा २ लाख २६ हजार जनसंख्या रहेको छ । नयाँ संरचना अनुसार स्थानीय तहको निर्वाचन भए रामेछाप जिल्लामा आठ वटा स्थानीय हत बनाउने प्रस्ताव स्थानीय तह राज्यर्पुसंरचना आयोग समक्ष गरिएको छ । स्थानीय तह पुनर्संरचना आयोगले सरकारलाई प्रतिवेदन बुझाए पनि सरकारले कार्यदल गठन गरेर परामर्श गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्