कांग्रेस सभापति शेरबहादुर देउवा बेथान आउने



३ फागुन, रामेछाप ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रामेछापको बेथान आउने भएका छन् । शहीद गोविन्द स्मृति प्रतिष्ठानले निर्माण गरेको गोविन्द खड्काको शालिक उदघाटन गर्न देउवा बेथान आउने भएका हुन् । भोली बुधवार ११ बजे सभापति बेथान आउने कार्यक्रम रहेको देउवाका स्वकीय सचिव भानु देउवाले रामेछाप न्युजलाई जानकारी दिए । उनले भने,‘हेलिकप्टर मार्फत दुई घण्टाको लागि सभापति बेथान जाने कार्यक्रम तय भएको छ ।’

फाइल तस्बीर

देउवालाई ल्याउने खर्च भने गोविन्द खड्का स्मृति प्रतिष्ठानले व्यवस्थापन गरेको छ । आयोजनका अनुसार देउवाको हेलिकोप्टर चार्टर खर्च झण्डै १ लाख पचास हजार रुपैयाँ लाग्ने छ । कार्यक्रमका लागि सांसद शिवबहादुर खड्का, रामेछाप क्षेत्र नम्बर १ का सांसद आङटावा शेर्पा, जिल्ला सभापति क्षेत्रीय सभापतिहरु बेथान आउने भएका छन् ।

कार्यक्रमको सम्पूर्ण तयार पूरा भएको प्रतिष्ठानका अध्यक्ष नारायण खड्काले बताए । देउवाको स्वागतको लागि नेपाली कांग्रेस रामेछापले भव्य तयारी गरेको छ । बेथानमा जन्मिएका सांसद शिवबहादुर खड्का र कांग्रेस सभापति देउवाबीच घनिष्ट सम्बन्ध रहदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्