देउवाले भने–मन्थलीदेखि बेथानसम्मको सडक कालोपत्रे गर्न भूमिका खेल्छु (फोटो फिचर)



४ फागुन, रामेछाप ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन गर्न पनि तीनवटै निकायको निर्वाचन गर्नुपर्ने बताएका छन् । उनले निर्वाचन सम्भव भएको बताउदै आगामी मंसिरसम्म तीन वटै तहको निर्वचन हुने बताएका हुन् ।

रामेछापको बेथान गाविस–३ मा बुधवार शहीद गोविन्द खड्काको शालिक अनावरण गर्दै सभापति देउवाले निर्वाचन र संविधान कार्यान्वयन गर्नको लागि राजनीतिक दलहरुको बीचमा सहकार्यको आवश्यकता रहेको बताए । सहमति सहकार्य र एकताले मात्र सहमतिको बाटो पहिल्याउने बताउदै उनले परिवर्तनको रक्षा गर्ने मुख्य जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए ।
फरक प्रसंगमा सभापति देउवाले सदरमुकाम मन्थलीदेखि बेथानसम्को कच्ची सडक कालोपत्रे गर्न भूमिका खेल्ने बताए । उनले भने,‘यस क्षेत्रको विकास र सडक निर्माणको लागि सक्दो सहयोग गर्छु ।’

प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा रामेछाप जिल्लामा द्धन्द्धको क्रममा मारिएका तीन दर्जन शहीद परिवारलाई सम्मान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष नारायण खडका्को अध्यक्षमा भएको कार्यक्रममा भौतिक योजना तथा पूर्वाधार मन्त्री रमेश लेखकले रामेछापको सडकको स्तरउन्नतीको लागि सहयोग गर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता मनमोहन भट्टराई, लक्ष्मण घिमिेर, सांसद शिवबहादुर खडका, सांसद आङटावा शेर्पा रोमछाप जिल्ला सभापति लवश्री न्यौपाने लगायतले सम्बोधन गरेका थिए । हेलिकोप्टर मार्फत बेथान पुगेका सभापति देउवालाई बेथानवासीले भव्य स्वागत गरेका थिए । स्वागतसँगै स्थानीयले रामेछापको विकासमा भूमिका खेल्न पनि आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्