काठमाडौंमा मेट्रो रेल चलाउने विद्युत जोहो गछौंः कुलमान घिसिङ



४ फागुन, काठमाडौं ।
राजधानी काठमाडौ लगायत देशभर दैनिक १८ घण्टासम्म चर्को लोडसेडिङ हटाउन सफल नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले अब पनि लोडसेडिङ हुन्छ भन्ने आशंका व्यक्त नगर्न आग्रह गरेका छन् । उनले लोडसेडिङ हटाउन नदिन ठूलो षडयन्त्र भएपनि असफल भएको बताउदै जनतालाई अन्धकारमा राख्ने सपना समाप्त भएको बताएका हुन् ।

प्रमुख घिसिङले भने,‘अब सबै नेपालीले लोडसेडिङको मार खेप्नु पदैन, बिजुली पुग्न बाँकी सबै क्षेत्रमा विद्युत पर्याउने मुख्य लक्ष्य हो, केही समयभित्र नै देशभरी विजुली पुग्न बाँकी रहेको क्षेत्रमा विजुली पुग्छ ।’

आफूले व्यवस्थापनमा गरेको सुधारकै कारण लोडसेडिङ हटाउन सफल भएको बताउदै प्रमुख घिसिङले भने,‘राजधानी काठमाडौंमा मेट्रो रेल गुडाउन विद्युतको जोहो गर्न लागेका छौ, मेट्रो रेल सञ्चालनमा आए राजधानीको जनजीवन नै परिवर्तन हुन्छ ।’

उनले मेट्रो रेलको लागि आवश्यक पर्ने विद्युत सहज रुपमा उपलब्ध गराउने गरी प्राधिकरणले तयारी गरिरहेको बताए । सरकारले आगामी जेठसम्म देशभर लोडसेडिङमुक्त गर्ने घोषणा गरेको छ । घिसिङले प्राधिकरणको नेतृत्व झण्डै छ महिनाको अवधिमा उपत्यका पोखरा, चितवन लगायतका ठूला शहरमा लोडसेडिङमुक्त भएको घोषणा गरिसकेका छन् । घिसिङले विद्युत आयोजनलाई समयमा नै सम्पन्न गर्नको रातदिन लागि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्