मिरा राईलाई ३० लाख सहित सम्मान गर्ने खेलकुद मन्त्रीको घोषणा



५ फागुन, काठमाडौं ।
युवा तथा खेलकुद मन्त्रालयले विश्व अल्ट्रा धाविका मिरा राईलाई ३० लाख नगद सहित सम्मान गर्ने भएको छ । राईलाई प्रशिक्षण दिने प्रशिक्षक धु्रव विक्रम मल्ललाई पनि नगद तीन लाख सहित सम्मान गर्ने मन्त्रालयले बताएको युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले रामेछाप न्युजलाई बताए ।

विश्व अल्ट्रा धाविकाको रुपमा स्थापित भएकी मिरा राई यस वर्षको विश्वको चर्चित टेलिभिजन नेश्नल जोग्राफीले सार्वजनिक गरेको वर्ष व्यक्ति समेत हुन् । उनी यतिबेला सोही पुरस्कार वितरणको तयारीको क्रममा तस्बिर खिचाउनको लागि अमेरिका पुगेकी छिन् ।युवा तथा खेलकुद मन्त्रालयले तिब्र गतिमा मिरा राईलाई नगद सहित सम्मान गर्ने तयारीलाई अगाडी बढाउन निर्देशन दिएको मन्त्री श्रीपाईलेले बताए ।
भोजपुरकी मिरा राई किशोर उमेरमा माओवादी युद्धमा सामेल भएकी थिइन् । माओवादी सेनाकै पिएलए स्पोर्टस क्लवदेखि खेल जीवन सुरु गरेकी उनलाई अनमिनले अयोग्य लडाकु भन्दै शिबिरबाट बाहिर निकालेको थियो । आर्थिक अभावका कारण मलेशिया जान पासपोर्ट समेत तयार पारेकी उनलाई बालाजु कराते डो–प्रतिष्ठानका अध्यक्ष तथा प्रमुख प्रशिक्षक धु्रव विक्रम मल्लले आफ्नै खर्चमा खेल जीवनमा फर्काएका थिए । मीरा गत वर्ष फ्रान्समा सम्पन्न ८० किलोमिटर विश्व म्यारथनमा १७ वर्ष अघि देखिको विश्व विजेतलाई पछि पार्दै च्याम्पीयन बनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्