रामेछाप जिल्लाको विकास गर्न प्रतिबद्ध छुः सांसद श्रेष्ठ



५ माघ, रामेछाप ।
रामेछाप क्षेत्र नम्बर २ का सांसद एवं नेकपा माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठ ‘कुशल’ले रामेछाप जिल्लाको विकासको लागि प्रतिबद्ध रहेको बताएका छन् । उनले विकास निर्माणका थप योजनादेखि जिल्लामा भएका विकास निर्माणका कायलाई समयमा नै सम्पन्न गर्न आफू लागि परेको बताएका हुन् ।
विहिवार रामेछापको सदरमुकाम मन्थलीमा नेकपा माओवादी केन्द्र मन्थलीको नगरपालिका नगर सम्मेलन आयोजक समितिको भेलालाई सम्बोधन गर्दै श्रेष्ठले जिल्लामा सडक विद्युतीकरण भुकम्प पछिको पुननिर्माणमा काममा लागि परेको बताए । उनले भने,‘जिल्लामा बिजुली बाल्न बाँकी गाविसमा विद्युतीकरणको लागि काम भइरहेको छ, केही बर्षभित्रै सबै गाविसमा बिजुली बत्ति बल्छ ।’
भेलाले १ सय १७ मन्थली नगरपालिका सम्मेलन आयोजक समिति गठन गरेको हो । एकता भेलाले जिल्ला सम्मेलन आयोजक समितिमा ४२ जनालाई पठाउने प्रस्ताव गरेको मन्थली नगरपालिका इन्चार्ज तारानारायण श्रष्ले बताए ।
कार्यक्रममा माओवादीका सचिवालय सदस्य गंगा कार्कीले आगामी स्थानीय तहको निर्वाचनमा उच्च मनोवलको साथ अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए । पूर्व सांसद समेत रहेका मन्थली इन्चार्ज तारानारायण श्रेष्ठले रामेछाप जिल्लाको विकास निर्माणमा सक्दो प्रयास गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्