रामेछापमा ट्राफिक प्रहरीको सक्रियताः नौ महिनामा ४ हजार सवारीमाथि कार्वाही



६ फागुन, रामेछाप ।
जिल्ला ट्राफिक कार्यालय रामेछापले रामेछापले सवारी साधनमाथि निगरानी कडा पारेको छ । नौ महिनाको अवधिमा ट्राफिक प्रहरीले नियम विपरीत चल्ने ४ हजार ९ सय ३३ सवारी साधनमाथि कार्वाही गरेको छ । नियम विपरीत चल्ने सवारी साधनलाई कारवाही गरे बापत ट्राफिक प्रहरीले ३९ लाख ९० हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको छ । जिल्ला ट्राफिक कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरीक्षक राजकुमार थापाले नियम विपरीत सञ्चालन हुने सवारी साधनमाथि अझै कार्वाही कडा पारिने बताए । उनले रामेछाप न्यजसँग भने,‘गत बर्षको तुलनामा यस बर्ष नौ महिनाकै अवधिमा सवारी साधनमाथिको कार्वाही र राजश्व सकंलन पनि बढेको छ ।’

रामेछापमा ११ सय ८७ किलोमिटर सडक
रामेछाप जिल्ला राजधानी काठमाडौंबाट नजिक रहेपनि अहिलेसम्म ३० किलोमिटर मात्र सडक पिच छ । अधिकांश सडक कच्ची छन् । साँघुरो सडक, कच्ची र थोरै सवारी साधन चल्न यात्रुले सास्ती खेप्दपै आएका छन् । जिल्लाभर ११ सय ८७ किमि सडक रहेको छ । रामेछाप जिल्लाको ४५ गाविस र दुई वटा नगरपालिका सबै क्षेत्रमा सडक सञ्जाल पुगेको छ । तर तीस किलोमिटर सडक पिच छ । हालसम्म ८८ किलोमिटर सडक ग्राबिल छ । बाँकी सबै सडक कच्ची छन् । जिल्लाको अधिकाशं क्षेत्रमा सडक पुगेपनि स्तरउन्नती नहुँदा बर्षाको समयमा आधा सडकमा मात्र सवारी चल्ने गरेका छन् ।
मापासेलाई ठाउँको ठाउँ कार्वाही
जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले मापासे गरेर सवारी चलाउने चालकलाई ठाउँको ठाउँ कार्वाही गर्ने नीति लिएको बताएको छ । मापासे गरेर सवारी साधन सञ्चालन नगर्न आग्रह गर्दा पनि अटेर गर्ने सवारी चाकलाई कार्वाही गरेको प्रहरीले बताएको छ । नौ महिनाको अवधिमा ट्राफिक प्रहरीले नियम विपरीत सञ्चालन हुने नीजि र सार्वजनिक सवारी साधनमाथिको कार्वाही तीब्र पारेको छ । मापासे गरेका ८१ जना सवारी चालकलाई कारवाही गरेको छ । रामेछाप न्जुज । प्रहरीले १४ जनालाई सार्वजनिक मुद्दा पनि चलाएको छ । गत बर्ष ६ हजार कार्वाहीबाट ३१ लख २ हजार रुपैयाँ राजश्व सकंलन गरेको थियो भने यस बर्ष नौ महिनाको अवधिमा सात गुणा बढी राजश्व संकलन भएको छ ।

छतको यात्रा खतरा तर पनि चढ्छन
जिल्लाका अधिकांश क्षेत्रमा सीमित सवारी साधान सञ्चालन हुँदा यात्रुहरु चुनौतीपूर्ण यात्रा गर्न बाँध्य छन् । साना सवारी साधन बढी चल्ने भएकाले कोचिएर यात्रा गर्न यात्रुहरु बाँध्य छन् । साना सवारी साधनले छतमा यात्रु चढाउदैनन । तर राजधानी काठमाडौं हुँदै सदरमुकाम मन्थली मार्फत जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालन हुने ठूला सवारी साधान सीमित रहेका छन् । ट्राफिक प्रहरीको अगाडि बसभित्र यात्रु हाल्ने र गाउँगाउँ जाने बसले छतमा यात्रु हाल्ने गरेका छन् । रामेछाप न्युज । कम सवारी साधन चल्ने भएकाले पनि जोखिम मोलेरै भएपनि यात्रुहरु छतमा चढ्ने गरेका छन । ट्राफिक प्रहरी कार्यालय रहेको क्षेत्रमा पनि छतमा यात्रु हाल्न कडाई गरिएको छ ।

सवारी थप्न ट्राफिकको पत्राचार, व्यवसायिको वेवास्था
जिल्लामा सञ्चालन हुने सवारी साधानको संख्या कम भएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जिल्लाबाट सञ्चालन हुने यातायात व्यवासायीहरु यातायातको संख्या बढाउन पत्राचार गरेको छ । तर व्यवायीले कुनै चासो देखाएका छैनन् । थोरै सवारी साधन हुँदा बढी भाडा लिएर पनि सवारी सञ्चालन गर्न पाइने भएको कारणले पनि यातायात व्यवसायीहरुले बेवास्था गर्ने गरेका छन् ।

सरकारले निर्धारण गरेको भाडादरमा गुडदैन गाडी
सरकारले तोकेको भाडादर ठूला सवारी साधनले कार्यान्वयन गरेपनि टाटासुमो व्यवसायिले भाडादर लागू गरेका छैनन् । तर जिल्लामा दर्ता भएका साना सवारी साधनले पनि सरकारले लागू गरेको भाडादर अनुसार यात्रु नबोक्ने गरेको व्यापक गुनासो गर्दै आएका छन् । रामेछाप न्युज । मनलाग्दी रुपमा भाडा लिदा समेत जिल्ला प्रशासन कार्यालय रामेछापले कुनै वास्था नगरेको बताइएको छ । यातायात व्यवसायीले कच्ची सडक भएको कारण सरकारले लागू गरेको भाडादर अनुसार सवारी साधन सञ्चालन गर्न नसकिने बताउदै आएका छन् । त्रिवेणी यातायात, हिमगंगा प्रालि र हिमगंगा यातायात गरी झण्डै १ सय पचास टाटासुमो सञ्चालनमा छन् ।
ट्राफिक प्रहरीले गरेको सुधार
देवकोटा चोकबाट बसपार्कसम्म एकतर्फी रुपमा सवारी सञ्चालनमा ल्याएपछि सदरमुकाम मन्थली बजारको यातायात आवतजावत केही सहजता देखिएको छ । बजार व्यवस्थापनमा सहज भएको बजारवासीले अनुभव गरेका छन् । पाँच महिनाको अवधिमा मन्थली बजारमा एकतर्फी रुपमा मात्र सवारी सञ्चालन गरिएकसो छ ।

खिम्ती र सित्खामा ट्राफिक पोष्टको तयारी
जिल्लाको सीमामा रहेको खिम्ती र सित्खामा प्रहरी ट्राफिक पोष्ट राख्नु पर्ने माग स्थानीयले गरेका छन् । सडकको अवस्था सुधार नभएको अवस्थामा जबरजस्ती रुपमा सवारी सञ्चालन नगर्न पनि यातायात व्यवसायीसँग प्रहरीले अनुरोध गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा हाल नौ जनाको दरबन्दी रहेको छ । अझै छ जना भन्दा बढी जनशक्तिको अभाव रहेको ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।

दैनिक २ सय ५० सवारी साधन आवतजावत
रामेछापको सदरमुकाम मन्थली हुँदै दैनिक २ सय ५० साना ठूला सवारी साधन सञ्चालन हुने गरेका छन् । बिपी राजमार्ग अन्तर्गत रामेछाप र सिन्धुली जोडने खुर्कोट पुल तीन बर्ष अघि सञ्चालनमा आएपछि रामेछाप हुँदै दोलखा र ओखलढुङगा लगायतका जिल्लामा सवारी साधन सञ्चानल हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्