सडक र विद्युतको लागि पहल गर्छुः श्रेष्ठ



८ फागुन, रामेछाप ।
नेकपा माओवादी केन्द्रका युवा नेता एवं सांसद श्यामुकमार श्रेष्ठ ‘कुशल’ले रामेछाप जिल्लाको विकासको लागि सडकको स्तरउन्नती र विद्युतीकरण पहिलो प्राथमिकता भएको बताएका छन् । उनले रामेछापको सबै गाविसमा सडक पुगेपनि  स्तरउन्नती गर्न आवश्यक रहेको बताएका छन् । विभिन्न सडकको लागि कालोपत्रे र ग्राविल गर्ने कामको लागि पहल गरिरहेको बताउदै सांसद श्रेष्ठले विद्युत पुग्न बाँकी हरेका गाविसहरुमा बिजुली बाल्ने काममा लागि परेको बताए ।
नेकपा माओवादी केन्द्र रामेछापको गोकुल गंगा गाउँपालिका भेला तथा प्रशिक्षण कार्यक्रमलाई आइतवार सम्बोधन गर्दै  सांसद श्रेष्ठले खिम्ती फर्पु नामाडी ठोसेको सडको स्तर उन्तीको र आवश्यक पर्ने पुल निर्माणको लागि आफूले पहल गर्ने बताए । उनले पर्यटकीय सम्भावना बोकेको जिल्लाको उत्तरी क्षेत्रको विकासको लागि पनि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सांसद श्रेष्ठले वास्तविक भुकम्प पीडितले राहत प्राप्त गर्नुपर्ने बताउदै यथासक्य छिटो राहत प्रदान गर्नको लागि पुर्ननिर्माण प्राधिकरणसँग पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्