बिपि राजमार्गमा पहिरो, रामेछापको वैकल्पिक सडक प्रयोग गर्न आग्रह



९ फागुन, सिन्धुली ।
बिपि राजमार्गमा पहिरो गएको छ । बिपी राजमार्ग अन्तर्गत नेपालथोक–खुर्कोट सडक खण्डमा पर्ने सिन्धुलीको शितलपाटी–९ बनी भन्ने ठाउँमा पहिरो गएको हो । २२ महिना अघि गएको भुकुम्पको कारण चर्किएको झण्डै २३ मिटर सडक भासिएर सुनकोसीमा खस्दा सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा राजधानीबाट पूर्व जाने र पूर्वबाट राजधानी आउने यात्रुहरु अलपत्र परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार पहिरोको कारण बाटो अबरुद्ध हुँदा रामेछाप, सिन्धुली, ओखलढुंगा, उदयपुर, खोटाङ, सोलुखुम्बु तराईका जिल्लाहमा सञ्चालन हुने सबै सवारी साधनहरु प्रभावित भएका छन् । पहिरोको कारण कुनै मानविय क्षति नभएको प्रहरीले बताएको छ ।
सडक डिभिजन कार्यालय खुर्कोटदले पहिरो गएको सडकको ट्रयाक खोल्न केही दिन लाग्ने भएकाले वैकल्पिक मार्गको रुपमा काठमाडौ–सित्खा–पकरवास, मन्थली हुँदै खर्कोट र पूर्वबाट आउने सवारी साधनलाई मन्थली पकरवास सित्खाको वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

डिभिजन कार्यालयका प्रमुख राके महर्जनले सडक खोलेर यायातात सञ्चालन गर्ने प्रयास भइरहेको रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार तत्काल नै यातायात सञ्चालनको लागि काम अगाडि प्रयास भयरहेको छ । स्थानीयले भने भुकम्पको कारण चर्किएको सडकको समयमा नै पुननिर्माण नगर्दा अहिले यात्रुहरुले सास्ती खेप्नु परेको बताएका छन् । हाल पहिरो गएको स्थानमा सबै वाल उठाएर निर्माण गरिएको छ । बिपि राजमार्गको अधिकाशं भाग सबै वाल उठाएर निर्माण गरिएको छ ।आईतवार राती ११ बजेदेखि सुख्खा पहिरो गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक चन्द्र फाजु श्रेष्ठले रामेछाप न्युजलाई जानकारी दिए ।
राती ९ बजेबाट राजमार्ग बन्द हुने हुँदा पहिरोको कारण कुनै गाडी तथा यात्रु बाटोमा अलपत्र नपरेको प्रहरी नायव निरक्षक श्रेष्ठले बताए । ‘राती ११ बजे जानकारी पाउना साथ विपी राजमार्ग भएर गाडी चल्ने जिल्लाहरुका ट्राफिक प्रहरी र जिल्ला प्रहरीमा खबर गरिसकेका कारण कुनै गाडी आएका छैनन्’ उनले भने । सुनकोशी किनार–किनार भीरबाट राजमार्ग बनेकोले तल्काल बैकल्पि बाटो बनाएर सञ्चालन गर्न नसकिने र राजमार्ग सञ्चालन हुन केहीदिन लाग्ने इलाका प्रहरी कार्यालय खुर्कोटले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्