सरकारद्धारा १४ देशका लागि नेपाली राजदूत सिफारिस (सूचीसहित)



८ फागुन, काठमाडौं ।
सरकारले विभिन्न १४ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सत्तारुढ दलहरुको भागवण्डाका आधारमा राजदूतहरुको नाम सिफारिस गरेको हो । सरकारको नेतृत्व गरवेको नकेपा माओवादी केन्द्रको कोटाबाट युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अष्ट्रेलिया, महेन्द्रबहादुर सिंह साउदी अरब र पदम सुन्दास बहराइनका लागि राजदूत सिफारिस भएका छन् । यस्तै शर्मिला पराजुली ओमानका लागि राजदूत सिफारिस भएकी छिन् । उनी फोरम लोकतान्त्रिकबाट परेकी हुन् ।
कांग्रेसबाट ६ राजदूत सिफारिस भएका छन् । अर्जुनजंगबहादुर सिंह दक्षिणकोरिया, भीम उदास म्यानमार, चोपलाल भुसाल बंगलादेश, विश्वम्भर प्याकुरेल श्रीलंका, रमेशप्रसाद कोइराला कतार र आशा लामा यूएईका लागि राजदूत सिफारिस भएका छन् । राप्रपाले तीन राजदूत पाएको छ । प्रतिभा राणा जापान, भरत रायमाझी स्पेन र निरन्जन थापा इजरायलका लागि राजदूत सिफारिस भएका हुन् । यस अघि ओली नेतृत्वको सरकारले गरेको राजदुतहरु प्रचण्ड नेतृत्वको सरकारले रद्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्