स्थानीय तहको निर्वाचन गर्न १० अर्ब २५ करोड



९ फागुन, काठमाडौं ।
सरकारले आगामी वैशाख ३१ गतेको लागि घोषणा गरेको स्थानीय निकायको निर्वाचनको लागि १० अर्ब २५ करोड ७३ लाख रुपैयाँ छुटयाउने निर्णय गरेको छ । स्थानीय निकायको निर्वाचनको मिति घोषणासँगै बजेट पनि छुटयाउने निर्णय गरेको हो । निर्वाचन आयोगको माग अनुसार सरकारले आवश्यक बजेट छुटयाउने निर्णय गरेको सरकारका प्रवक्ता राम कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्