कुलमानलाई बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रकस्चर अफ दि एयर’ अर्वाड प्रदान



९ फागुन,  काठमाडौं ।

नेपाल उद्योग परिसंघले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान  घिसिङलाई सम्मान गरेको छ ।काठमाडौं सोमबार सम्पन्न २ दिने पूर्वाधार सम्मेलनमा गृहमन्त्री विमलेन्द्र निधिले  घिसिङलाई बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रकस्चर अफ दि एयर’ अर्वाड प्रदान गरेका  हुन ।

५ महिनाको छोटो समयमा पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्तिका रुपमा परिसंघले उनलाई सम्मान गरेको हो । हिउँद याममा चरण ऊर्जा संकट खेपिरहँदा घिसिङको कुशल व्यवस्थापनबाट लोसेडिङको अन्त्य भई पूर्वाधार विकासमा योगदान पुगेको कदर स्वरुप नै उनलाई परिसंघले अवार्डबाट सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्