रामेछापमा दलितमाथि पाँच हजार जरिवाना गर्ने पुजारी पाँच हजारमा छुटे



१० फागुन, रामेछाप ।
रामेछाप जिल्ला बेताली– ३ मा रहेको शेरकाली मन्दिरमा दलित प्रवेश गरेको भन्दै पाँच हजार रुपैयाँ जरिवाना गर्ने पुजारी पाँच हजार रुपैयाँ ढरौटीमा रिहा भएका छन् । पीडित कृष्णबहादुर विश्वकर्माले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापले पुजारीद्धय छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीलाई प्रक्राउ गरेर मुद्दा दायर गरेको थियो । गत माघ २४ गत प्रहरीले पक्राउ गरेर सरकारी वकीलको कार्यालय मार्फत जिल्ला अदालत रामेछापमा मुद्दा दायर गरेको थियो ।

पुजारीद्धय छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकी

रामेछापका जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीको इजसाले पुजारीद्धयलाई पाँच हजार रुपैयाँ ढरौटीमा छोडन आदेश दिएको हो । घटनामा दोषी भएको भन्दै पीडित विश्वकर्माले किटानी जाहेर गरेका गुञ्जबहादुर कार्की र मकरनाथ योगी भने फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी गरेपछि कार्की र योगी बिरामी भएको बहाना बनाएर एम्बलेस चढेर भागेको स्थानीयले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी कुमुद ढुंगेलले फरार रहेका गुञ्जबहादुर कार्की र मकरनाथ योगीको खोजी कार्य भइरहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘भागेर जहाँ गएपनि कानुनबाट भाग्न सक्दैन, प्रहरीले पक्राउ गर्छ ।’
जातीय विभेद वा छुवाछूत ९कसुर र सजाय ऐन २०६८ बमोजिम जातीय छुवाछूत गर्ने वा गराउने व्यक्तिलाई तीन महिना देखि तीन वर्षसम्म कैद वा एकहजारदेखि २५ हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ ।नेपालको संबिधान २०७२ को धारा २४ ले छुवाछुत विरुद्दको हकलाई मौलिक खको रुपमा परिभाषित गरेको छ । नयाँ संबिधानमा दलित हक भनि मौलिक हकको रुपमा धारा ४० र जातीय भेदभाव तथा छुवाछुत विरुद्दको हक भनि धार्रा २४ मा उल्लेख गरिएको छ । मुलुकी ऐन २०२० मा भएको संसोधनले सबै भन्दा पहिले छुवाछुत र जातीय भेदभावलाई निषेध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्