रामेछापमा मतदाता नामावली सकंलन बन्द



११ फागुन, रामेछाप ।
सरकारले आगामी वैशाख ३१ गतेको लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै रामेछाप जिल्लामा मतदाता नामावली संकलनका कार्य बन्द भएको छ । निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली संकलनको काम पनि बन्द भएको हो । रामेछाप जिल्लामा हालसम्म १ लाख ३३ हजार ९ सय मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार मतदाता नामावली संकलन काम भएको छ ।
जिल्ला निर्वाचन कार्यालय रामेछापका सुचना अधिकारी रामहरि केसीले रामेछाप न्युजसँग भने,‘मतदाना नामावली संकलन गर्ने काम बन्द भएको बताए । केसीका अनुसार सकंलन भएको मतदाताहरुको परिचयपत्र भने निर्वाचनको क्रममा सम्बन्धि क्षेत्रमा पुर्याउने छ । स्थानीय तहको निर्वाचनको लागि रामेछापमा १७ वटा राजनीतिक दल दर्ता भएका छन् ।

२०६८ को जनगणना अनुसार रामेछाप जिल्लामा २ लाख २६ हजार जनसंख्या रहेको छ । नयाँ संरचना अनुसार जिल्लामा आठ वटा स्थानीय तह बनाउने प्रस्ताव स्थानीय तह राज्यर्पुसंरचना आयोग समक्ष गरिएको छ । स्थानीय तह पुनर्र्सरचना आयोगको प्रतिवेदन अध्ययन गर्न स्थानीय विकास मन्त्री हितरात पाण्डेको संयोजकत्वमा गठित कार्यदलको म्याद सात दिनको लागि थप्ने मन्त्रीपरिषद्ले निर्णय गरेको छ ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपनि स्थानीय तहको संख्या र केन्द्रको प्रतिवेदन भने सार्वजनि गरेको छैन् । आयोगले पाँच सय ६५ वटा स्थानीय तह बनाउनु पर्ने प्रतिवेदन बुझाए पनि सरकारले नौ सय स्थानीय तह पुर्याउने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्