रामेछापको सबै गाविसमा बिजुली बल्छः सांसद श्रेष्ठ



१३ फागुन, काठमाडौं ।
रामेछाप क्षेत्र नम्बर २ का सांसद एवं नेकपा माओवादी केन्द्रका युवा नेता श्यामकुमार श्रेष्ठ ‘कुशल’ले रामेछापका सबै गाविसमा बिजुली बल्ने बताएका छन् । रामेछापमा बिजुली बल्न बाँकी गाविसहरुको लागि नेपाल विद्युत प्राधिकरणले टेन्डर गरिसकेको बताउदै उनले आगामी दुई बर्षभित्र बिजुली बल्ने बताएका हुन् ।

रामेछाप जिल्लामा विद्युत उत्पादनको लागि खिम्ती र लिखु खोलामा विभिन्न विद्युत आयोजनाहरु अगाडि बढीरहेको बताउदै उनले विद्युत आयोजनाहरुमा सबै रामेछापवासीहरुलाई शेयर दिने व्यवस्था गर्ने पहल गर्ने बताए । सांसद श्रेष्ठले भने,‘सडक स्वास्थ्य शिक्षा क्षेत्रको भौतिक पूर्वाधार निर्माणको लागि काम भइरहेको छ’, सांसद श्रेष्ठले ने,‘विकास निर्माणको लागि पहल गरेको छु, विकास निर्माणमा सबैको साथ र सहयोगको खाँचो आवश्यक छ ।’

बिजुलीकोट गाविसस्थित भृङगेश्वर मावि–८ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले स्थानीय तहको निर्वाचन कुनै पनि हालमा सम्पन्न गर्नुपर्ने बताए ।

उनले भने,‘स्थानीय निकायको निर्वाचन विथोल्न केही शक्ति लागेका छन, जनताको अधिकार प्राप्त गर्न र संविधान कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचनको विकल्प छैन ।’

जनताको चाहना र भावना अनुसार स्थानीय तहको निर्वाचन सम्पन्न गरेर विकास निर्माणको कामलाई गति दिनुपर्छ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्