रामेछाप–ओखलढुंगा जोडने लिखु खोला पुल निर्माणमा ठेकेदारको मनोमानी



१३ फागुन,रामेछाप ।
रामेछाप–ओखलढुंगा जोड्ने लिखु खोलामा निर्माणाधिन पुल निर्माणमा ठेकेदारको मनोमानी देखिएको छ । तोकिएको समय वितिसक्दा समेत ठेकेदार कम्पनीले पुल निर्माण सम्पन्न नगरेको हो । शिरेसीमा निर्माणधिन पक्की पुल निर्माणमा ठेकेदारको चरम वेवास्था गरेको स्थानीयले बताएका छन् । ठेक्का सम्झौता बमोजिम दुई बर्षमा निर्माण भइसक्नु पर्ने पुल पाँच बर्ष वितिसक्दा समेत सम्पन्न हुन सकेको छैन् ।

पाँच बर्षको बीचमा बल्ल पचास प्रतिशत काम सम्पन्न भएको छ । अझै पुल निर्माण गर्न एक बर्ष लाग्ने भएपछि स्थानीयवासी ठेकेदार कम्पनीसँग आक्रोशित भएका छन् । सिरिसे  पुल निर्माण नहुँदा ओखलढुंगावासीले बढी सास्ती खेप्नु परेको छ । लिखु खोलको पुल निर्माणको लागि रामेछाप र ओखलढुंगाका सांसदहरुले आफूहरुले पहल गरिरहेको बताएका छन् । रामेछापका क्षेत्र नं १ का सांसद आङटावा शेर्पा र ओखलढुङ्गाका सांसद रामहरि  खतिवडाले ठेकेदार कम्पनीलाई तत्काल पुल निर्माणको काम सम्पन्न गर्न दबाब दिएका छन् ।

सांसद खतिवडाले डिभिजन सडक कार्यालय ओखलढुंगाका डिभिजन इञ्जिनियर राकेश महर्जन, ठेकेदार कम्पनीलाई तत्काल पुल निर्माणको काम थाल्न निर्देशन दिएको रामेछाप न्युजलाई बताए । रामेछाप क्षेत्र नम्बर १ का सांसद आङटावा शेर्पाले समयमा नै पुल निर्माणको लागि ठेकदार कम्पनीलाई आग्रह गरिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘सरकारसँग ठेक्का सम्झौता गरेर मनोमानी गर्ने छुट कसैलाई पनि छैन ।’

२०६९ असार २४ ५ करोड ८६ लाख रुपैयाँ लागतका पुल निर्माण सम्बन्धी सम्झौता भएको थियो । ‘२० हजार ओखलढुंगाबासीको दैनिकीसँग जोडिएको शिसिरेको पुलको निर्माण अब चाँडै सकिन्छ, अब म आफैँ ढुङ्गा बोक्न पनि तयार छु’ सासंद खतिवडाले भने । उनका अनुसार पुलको माथि राखिने स्टिल स्टल ट्रसको डिजाइन भर्खरै पास भएको छ । चितवनस्थित जलप नेपालले त्यसको निर्माण गरिरहेको छ । १८० टन तौलको पुलको तौल अहिले बढेर १९५ टन पुर्याइएको छ ।
दोलखाको ओम बुद्ध जेभीले पुल निर्माणको जिम्मा पाए पनि काममा निरन्तर रपमा वेवास्था गर्दै आएको आरोप स्थानीयको छ । सांसद स्थानीयवासी र पुल डिभिजन कार्यालयको दबाबपछि पुल निर्माण कार्यले केही गति लिएको छ । ठेकेदार कम्पनीले आगामी फागुनमा पुल तयार पार्ने प्रतिबद्धता व्यक्त गरेको छ । राजधानी काठमाडौबाट दरामेछाप हुँदै ओखलढुङ्गा जानका लागि निर्माण भइरहेको यो पुलले गाम्नाङटार, टारकेराबारी, यसम, पोकली, नर्मदेश्वर, श्रीचउर लगायत १४ गाविसका २० हजार ओखलढुंगावासीलाई आवतजावत गर्न सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्