रामेछापको जिल्ला परिषद् स्थगित



१५ फागुन, रामेछाप ।
रामेछाप जिल्लाको जिल्ला परिषद् स्थगित भएको छ । फागुन २७ गते हुन लागेको जिल्ला परिषद् स्थगित भएको रामेछापका स्थानीय विकास अधिकार दिनेशराज पन्तले बताए । सरकारले आगामी वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँग संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका जिल्ला परिषद् रोक्न दिर्नेशन दिएसँगै रामेछापको जिल्ला परिषद् पनि स्थगित भएको छ ।

फागुन १७ गते हुन लागेको एकीकृत योजना तर्जुमा समितिको बैठक मन्त्रालयको निर्देशन अनुसार हालको लागि स्थगित भएको पन्तले रामेछाप न्युजलाई बताए । परिषद् हुने् कि नहुने फागुन २४ टुंगो लाग्छ, उनले भने,‘तत्कालको लागि स्थगित भएको हो, मन्त्रालयको निर्देशन आउन बाँकी नै छ ।’

प्रतिक्रिया दिनुहोस्