भोटर लिष्टमा तपाईको नाम छ कि छैन ? अनलाइनबाटै यसरी हेर्नुहोस्



१५ फागुन, काठमाडौं ।
सरकारले आगामी वैशाख ३१ गतेको लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी महोल विस्तारै बढ्दै गएको छ । राजनीतिक दलहरु चुनाव अभियानमा जुटेका छन् । निर्वाचनको लागि निर्वाचन आयोगले पनि आफ्नो तयारी तीब्र बनाएको छ ।

निर्वाचनको मिति घोषणा गरेपछि चुनावमा कुन पार्टीको कुन उम्मेदवारलाई भोट हाल्ने पक्कै पनि सोच बनाइसक्नु भएको छ । तर यदी भोटरलिष्टमा नाम नभएको अवस्थामा आफूले छानेको व्यक्तिलाई भोट हाल्न पाइदैन । निर्वाचन आयोगले सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै मतदाता नामावली संकलनको कार्य स्थगित गरिसकेको छ ।

यदी तपाईले मतदाता नामावली संकलन गरेको बेला आफ्नो नाम टिपाउनु भएको भए अब घरमै बसेर आफ्नो नाम छ कि छैन हेर्न पाइने व्यवस्था निर्वाचन आयोगले बनाएको छ ।

यो लिङकमा जानुस् र केही त्रुटि भए नभएको हेर्नुहोस्–  यहाँ क्लिक गर्नुहोस् र हेर्नुहोस् आफ्नो विवरण

प्रतिक्रिया दिनुहोस्