भुकम्पको केन्द्रविन्दु रामेछाप,रामेछापवासी भुकम्पको धक्काले हैरान



१६ फागुन, रामेछाप ।
विनाशकारी भकुम्प गएको झण्डै २२ महिनापछि रामेछापमा सोमवार दिनभरजस्तै भुकम्पको धक्का गएको छ । भुकम्पपछि घर निर्माणमा जुटेका भुकम्प पीडितलाई पटक–पटक गएको भुकम्पको धक्काले हैरान बनाएको छ ।

रामेछापवासी दिनभर त्रासपूर्ण अवस्था रहे । भुकम्पपको केन्द्रविन्दु नै रामेछाप भएर गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले बताएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार विहान ९ बजेर २२ मिनेटमा ४.६ रेक्टर स्केलको पराकम्प गएको थियो । त्यसको ४५ मिनेटमा रामेछापलाई नै केन्द्र बनाएर ४.७ रेक्टर स्केलको अर्को पराकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौं र आसपासका क्षेत्रमा समेत महसुस भएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार यो २०७२ बैशाख १२ गते गोरखा भूकम्पकै पराकम्प हो । उनका अनुसार गोरखा भूकम्पपछि चार रेक्टरमाथिका ४ ७८ वटा पराकम्प मापन गएको छ ।

भुकम्पपछि पुननिर्माणमा जुटका भुकम्प पीडितले धक्काले दिनभर हैरान बनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी कुमुद ढुंगेलका अनुसार भुकम्पको धक्काबाट कुनै पनि मानविय क्षति नभएको बताए । उनले रामेछाप न्युजसँग भने,‘पटक–पटक धक्का महशुस भएपनि अहिलेसम्म कुनै पनि मानविय क्षती भएको छैन ।’ जिल्लामा अहिले पनि पुनः भुकम्प आउने हो कि भन्ने चिन्ताले मानिसहरु सुरक्षित बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्