पत्रकार महासंघ रामेछापका पाँच पूर्व अध्यक्ष सम्मानित



१७ फागुन,रामेछाप।
नेपाल पत्रकार महासंघ रामेछापका पाँच  पूर्व अध्यक्षहरु सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ रामेछापको ८ औं अधिवेनको अवसरमा पूर्व अध्यक्षहरु, टिका भट्ट, हिमाल ढुंगेल, बद्री नयाँघरे, नवराज पथिक, दिनेश गाउँले  सम्मानित भएका हुन् ।

रामेछापको सदरमुकाम मन्थलीमा भएको जिल्ला अधिवेशनको अवसरमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले चार पूर्व अध्यक्षलाई दोसल्ला सहित सम्मान गरेका हुन् ।

महासंघका जिल्ला अध्यक्ष रमेश ढंगेलेलेको अध्यक्षमा भएको उदघाटन समारोहमा रामेछाप जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी जनदिश मिश्र, विभिन्न राजनीतिक दलका नेताहरुको सहभागीता रहेको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्