मन्थलीमा एडिएसएल इन्टरनेट सेवा पूर्ण रुपमा सुचारु



१७ फागुन, रामेछाप ।
नेपाली टेलिकम मन्थली शाखाले केही प्राविधिक कारणले अवरुद्ध भएको एडिएसएल इन्टरनेट सेवा पूर्ण रुपमा सुचारु भएको बताएको छ । टेलिकमले सिस्टममा नै समस्या आउदा सेवाग्राहीलाई केही असुविधा पुगेपनि हाल सहज रुपमा सेवा प्रदान गरिरहेको बताएको हो ।

नेपाल टेलिकम मन्थली शाखाका प्रमुख विष्णु भण्डारीले केही दिन अघि केही घण्टा मात्र अवरुद्ध भएको सेवा अहिले सुचारु भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘केही दिन अघि केही घण्टा अवरुद्ध भएको सेवा सञ्चालनमा आएको छ, अहिले कुनै समस्या छैन ।’ जिल्लाको कारणले भन्दा पनि केन्द्रीय प्रणालीमै समस्या आउने त्यसको असर रामेछापमा पर्ने गरेको छ, उनले भने ।
सेवाग्राहीलाई सेवा दिन टेलिकमले सक्दो काम गरिरहेको बताउदै प्रमुख भण्डारीले टेलिकमले वितरण गरेको एडिएसएल इन्टरनेटमा कहिलेकाही प्राविधिक समस्या आउनु स्वभाविक मानिने बताए । सदरमुकाम मन्थलीमा टेलिमले झण्डै दुई सय एडिएसएल सेवा प्रदान गरेको छ । टेलिकमले नयाँ एक्स्चेन्ज मार्फत सेवा दिने क्रममा केही घण्टा बाहेक अन्य बेला सेवा प्रदान गरिरहेको प्रमुख भण्डारीले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्