नेपाल पत्रकार महासंघ रामेछापको अध्यक्षमा ढुंगेल



१८ फागुन, रामेछाप ।
नेपाल पत्रकार महासंघ रामेछाप शाखाको अध्यक्षमा पुनः रमेश ढुंगेल सर्वसम्मत निर्वाचित भएका छन् । पत्रकार महासंघको आठौ अधिवेशनबाट ढुंगेल अध्यक्ष भएका हुन् ।

नवनिर्वाचित पदाधिकारीहरुमा उपाध्यक्ष कैलाश खत्री, उपाध्यक्ष महिला मञ्जु उप्रेती, सचिव नवराज श्रेष्ठ, सह–सचिव कल्याण बुढाथोकी, समावेशी सचिव सम्बर बहादुर हायु, कोषाध्यक्ष नारायण श्रेष्ठ, सदस्यहरुमा शान्ता श्रेष्ठ, ज्ञानु श्रेष्ठ, उमङ्ग मैनानी र निरोज श्रेष्ठ रहेका छन् ।

त्यसैगरी केन्द्रीय पार्षदहरुमा टिका भट्ट, हिमाल ढुंगेल, नवराज पथिक, विफा घिसिङ, सुमित श्रेष्ठ र तुल्सी श्रेष्ठ रहेका छन् । अधिवेशनले प्रदेश पार्षदहरुमा वेदबहादुर श्रेष्ठ,  रमेश कुमार सुनुवार, निरज  सापकोटा, लेख बहादुर बिक, पावती पाठक, दिपक घिमिरे, दिपक भट्ट, रामचन्द्र विक, र सन्तोष ढुंगेललाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्