रामेछापको शहीद स्मृति क्याम्पमा फर्जी मत परेपछि….



१८ फागुन, रामेछाप ।
रामेछाप जिल्लाको मन्थली शहीद स्मृति बहुमुखी क्याम्पस मन्थलीमा बुधबार सञ्चालन भएको स्ववियू निर्वाचनमा फर्जि विद्यार्थीले मतदान गरेपछि विवाद उत्पन्न भएको छ । रामेछाप जिल्लाको नामाडि गाविस–३ घर भई मन्थली शहीद स्मृति बहुमुखी क्याम्पस मन्थलीको बिएड दोस्रो वर्षमा अध्ययनरत छात्रा समिता विकको नाममा फर्जी मत परेपछि विवाद उत्पन्न भएको हो ।


रामेछाप नागरपालिका–९ सुकाजोर घर भई गौरीशंकर उच्च माध्यमिक विद्यालय रामेछापबाट कक्षा १२ को परीक्षा दिई फेल भएर बसेकी सविता विकले स्ववियू निर्वाचनको मतदाता रहेकी नामाडीकी समिता विकको भर्ना रजिष्टर फारममा किर्ते गरि आफ्नो फोटो टाँसेर मतदान गरेकी थिइन ।

नामाडीकी मतदाता समिता भोट हाल्न मतदान केन्द्रमा पुग्दा सुकाजोरकी समिता नाम भएकी गैरमतदाताले किर्ते गरि मतदान गरेर हिडिसकेको खुलासा भएको छ ।
मतदान केन्द्रमा पुगेर मतदान गर्न नपाएकी नामाडीकी बिकले भनिन्,‘म नामाडीदेखि मतदान गर्न भनेर आएँ तर क्याम्पस भर्नै नभएको ब्यक्तिले मेरो नाममा किर्ने गरि मतदान गरेर गइसके छ । म सक्कली मतदाता हुँ मैले मतदान गर्न पाउँनुपर्छ उनले भनिन् ।’ किर्ते मतदान गरि फरार भएकी गैरमतदाता विकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्