मन्थली क्याम्पसको अध्यक्षमा अनरोस्ववियुका कपिल मगर विजयी



१८ फागुन, रामेछाप ।
मन्थलीस्थिति शहीद स्मृति बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निटक अनेरास्ववियुका कपिल मगर  अध्यक्षमा विजयी भएका छन् ।

उनले नेविसंघकाबाट उम्मेदवारी दिएका सुन्दर घिमिरेलाई पराजित गर्दै मगरले १ सय ९२ मत ल्याएर विजयी भएका हुन् ।कुल ५ सय २ मतदाता रहेको सो कलेजमा ४ सय ४२ विद्यार्थीले मतदान गरेका थिए । फर्जी मत परेको भन्दै मतदान गर्ने क्रममा केही समय विवाद भएको थियो ।

विजयी भएपछि अध्यक्ष कपिल मगरले जिताउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिएका छन् । उनले आगामी दिनमा क्याम्पसको शैक्षिक स्तरउन्नतीको लागि प्रतिबद्ध भएर लाग्ने बताए ।

हेर्नुहोस अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेविसंघका उम्मेदवारले कुन पदमा कति भोट ल्याए मतपरिणम सहित ।

प्रतिक्रिया दिनुहोस्