निर्वाचनमा २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरिने



१८ फागुन,काठमाडौं ।
सरकारले आगामी स्थानीय तहको निर्वाचनको लागि २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तहको निर्बाचन सुरक्षा योजना २०७३,०७४ पारित गर्दै २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको हो ।
उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको अध्यक्षतामा बुधबार गृह मन्त्रालयका बसेको सुरक्षा समितिको बैठकले सुरक्षा योजना पारित गरेको छ । आगामी २०७४ बैशाख ३१ गते घोषित स्थानीय तहको निर्बाचनमा सबै सुरक्षा निकायका गरी जम्मा २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा गृहमन्त्री निधिले निर्बाचनको आबश्यक तयारी पूरा गरेर योजना अनुसार अघि बढ्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
बैठकमा गृहसचिब लोकदर्शन रेग्मी, रक्षासचिब श्रीधर सापकोटा, नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी, नेपाली सेनाका उपरथी बलदेब महत लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्