महिलालाई सम्मान गर्नुपर्छः सांसद शेर्पा



२५ फागुन,रामेछाप ।
नेपाली कांग्रेसका नेता एवं रामेछाप क्षेत्र नम्बर १ का सांसद आङटावा शेर्पाले महिलामाथि सम्मान गर्न सके मात्र समृद्ध देश निर्माण हुने बताएका छन् । उनले समाजमा रहेका कुसंस्कारको विरुद्ध महिला पुरुष एकताबद्ध भएर अगाडि बढनु पर्ने बताउदै महिलामाथि हुने हिंसा रोक्न समाज नै सेचत हुनुपर्ने बताएका हुन् ।


१०७ औ महिला दिवसको अवसरमा रामेछापको चुचुरेस्थिति गर्जाङमा महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले महिलाहरुमाथि पुरुषले पनि सम्मान गर्नुपर्ने बताए ।
‘देशको राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश नै महिला भएकाले हरेक महिलाहरुले उच्च मनोबलको साथ काम गर्नुपर्छ’,उनले भने,‘राजनीतिक परिवर्तनसँगै आर्थिक स्तरउन्न्तीमा पनि महिलाहरु सक्षम बन्नु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्