सडकलाई व्यवस्थित गर्न पहल गर्छुःसांसद श्रेष्ठ



२४ फागुन, रामेछाप ।
रामेछाप क्षेत्र नम्बर २ का सांसद एवं नेकपा माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठ ‘कुशल’ले रामेछाप जिल्लाको सबै क्षेत्रमा सडक पुगेकाले अब सडकको स्तरउन्नतीमा ध्यान दिने बताएका छन् । उनले जिल्लाका मुख्य सडकमा १२ महिला सञ्चालन हुने गरी स्तरउन्नती गर्ने बताएका हुन् ।
खाडाँदेवी गाउपालिकाको पिङखुरीको वडा नम्बर ९ को प्रथम सम्मेलको उदघाटन गर्दै सांसद श्रेष्ठले राजनीति परिवर्तनलाई संस्थागत गर्दै विकास निर्माणमा जुटनु पर्ने बेला आएको बताए । उनले भने,‘विकास निर्माण बिना समाजको समृद्धि सम्भव छैन, गाउँघरमा हुने विकास निर्माणमा पनि जनताले निगरानी राख्नु पर्छ ।’

भटौलीको गोनटारमा निर्माणधिन पक्की पुलको निर्माण कार्य युद्धस्तरमा सम्पन्न गर्नुपर्ने बताउदै उनले यस पुल निर्माणपछि सैलुङसम्मका बासिन्दालाई सहज हुने बताए । पिङखुरी र गागलभदौरेमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको बताउदै उनले अब रामेछापको सबै क्षेत्रमा विद्युतीकरण हुने गरी काम अगाडि बढाइएको बताए ।

फरक प्रसंगमा सांसद श्रेष्ले सरकारले घोषणा गरेकै मितिमा स्थानीय तहको निर्वाचन हुने विश्वास व्यक्त गर्दै देश निर्वाचनमा होमिएको बेला निर्वाचन विथोल्ने गरी कसैले पनि गतिविधि गर्न नहुने बताए । उनले भने,‘कुनै पनि राजनीतिक दलले स्वतन्त्रतापूर्वक कार्यक्रम गर्न पाउनु पर्छ, कसैले पनि अवरोध गर्नु हुँदैन, एमाले पनि समय परिस्थिति अनुसार कार्यक्रम गनुपर्छ ।’ जनतालाई एक आपसमा भिडाउन काम कुनै पनि पक्षले गर्न नहुने बताउदै सांसद श्रेष्ठले निर्वाचनप्रति गम्भीर हुन एमालेलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्