सुनकोसीको खैरेनीघाट पुल निर्माण धमाधम (फोटो फिचर)



२६ फागुन, रामेछाप ।
आठ बर्षदेखि निर्माणाधिन रामेछाप सिन्धुली जोडने खैरेनीघाटको पुल निर्माणले गति लिएको छ । डिजाइन परिवर्तन, ठेकेदारले समयमा नै काम सुरु गर्ने समस्याको कारण निर्माण हुन नसकेको पुल निर्माणले यस बर्षबाट गति लिएको छ ।

राजनीतिक दलका दबाब सरकारले समयमा काम सम्पन्न नगरे ठेक्का रद्द गरेर नयाँ ठेक्का लगाउने सूचना जारी गरेपछि ठेकेदार कम्पनीले यस बर्ष नै पुलुको सबै पिलर निर्माण गरेर आगामी बर्ष गाडी गुडाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

रामेछाप–सिन्धुली पक्की पुलको तीन वटा पिलर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने रामेछाप पट्टीको पिलर निर्माण गर्न जग खन्ने कार्य भइरहेको छ । पहरोमा जग राख्नु पर्ने भएकाले स्काइभेटरले जग खनिरहेको छ ।

रामेछाप २ नम्बर क्षेत्रका सांसद एवं नेकपा माओवादी केन्द्रका नेता श्यामुकमार श्रेष्ठ ‘कुशल’ले पुल निर्माण कार्य आशा लाग्दो ढंगले अगाडि बढेको बताए । खैरेनीघाटमा पुल निर्माण सुरु भएको नौ बर्ष वितिसकेको छ । निर्माण कार्यमा देखिएको अग्रसरताले आगामी एक बर्षमा निर्माण हुने आशा पलाएको स्थानीय बताउछन् ।

प्रतिक्रिया दिनुहोस्