प्रचण्डले मागे भारतसँग जवाफःगोविन्द गौतमलाई शहीद घोषणा गर्न माग



२६ फागुन, काठमाडौं ।
कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजारमा भारतीय पक्षले गरेको हस्तक्षेपको प्रतिरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागि मृत्यु भएका गोविन्द गौतमलाई शहीद घोषणा गर्न माग गरिएको छ । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका गौतमलाई उपचारको लागि धनगढीस्थित सिपी अस्पतालमा पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थियो । एसएसबीका जवानहरुले आनन्द बजारका नेपालीलाई कुटपिट गरेको विरोधमा स्थानीयबासी प्रतिरोधमा उत्रिदा नेपाली र भारतीयबीच पक्षबीच झडप भएको थियो ।

नेपालीहरुले भारतीय हस्तक्षेपविरुद्ध कडा रुपमा आपत्ति जनाउदै विरोधमा उत्रिएका छन् । कन्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ८ स्थित आनन्दबजारमा भारतीय सीमा सुरक्षा बलको फायरिङमा परी मृत्यु भएका गोविन्द गौतमलाई शहीद घोषणा गर्न चौतर्फी माग उठेको छ ।
एसएबीको ज्यादती गर्दै देश र जनताका लागि राष्ट्रियताको रक्षार्थ गोली थापेका गौतमलाई शहीद घोषणा गर्नुपर्ने भन्दै राजधानीमा जुलुस निकालिएको छ । राजधानीमा अखिल नेपाल ट्रेड यूनियन महासंघ, योङ्ग कम्युनिष्ट लिग, अखिल क्रान्तिकारी, अखिल छैठौं र अन्य कतिपय राजनीतिक गैर राजनीतिक संगठनहरुले भारतीय ज्यादतीको बिरोध गरेका छन् ।
नेकपा एमालेले पनि भारतीय ज्याजतिको विरोध गरेको छ । नेपालीमाथि ज्याजति गर्ने भारतीय सीमा सुरक्षा बलको गलत कामको बारमा तत्काल सरकारले भारतसँग सरकारसँग गम्भीर रुपमा वार्ता गर्नुपर्ने बताएको छ । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालस्थिति भारतीय कार्यवहाक राजदुतलाई पनि कञ्चनपुरमा भएको घटनामा नेपालीको मृत्युको विषयलाई लिएर जवाफ माग गरेको प्रचण्डको सचिवालयकले बताको छ ।

प्रतिक्रिया दिनुहोस्