प्रचण्डद्धारा सरकार विस्तारः कमल थापा स्थानीय विकास र दिलनाथ गिरी पर्यटन मन्त्री



२६ फागुन, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद बिस्तार गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र दिलनाथ गिरीलाई सरकारमा सहभागी गराएर उनले मन्त्रीपरिषद बिस्तार गरेका हुन् । राप्रपा अध्यक्ष थापालाई उपप्रधान एवं स्थानीय विकासमन्त्री र गिरी पर्यटन तथा नागरिक उड्यन मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त दुबै मन्त्रीले सपथ लिएका छन् । प्रचण्डले माओवादीबाट स्थानीय विकासमन्त्री भएको हितराज पाण्डेलाई फिर्ता बोलाएर थापालाई नियुक्त गरिएको हो ।

कांग्रेसबाट पर्यटन मन्त्री बनेका जीवनबहादुर शाहीलाई खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी दिएको छ । त्यसैगरी खानेपानी मन्त्री रहेका प्रेम बहादुर सिंहलाई विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बिहीबारका साँझ ाष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापा रसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दिलनाथ गिरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्