जाजरकोट बस दुर्घटनाः मृतकको संख्या २४ पुग्यो



२६ फागुन, जाजरकोट ।
जाजरकोटमा भएको यात्रु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुगेको छ । दुर्घटनामा परि मृत्यु हुनेमा लह“ ४ का रामबहादुर बस्नेत, भेरीमालिका ४, बोहरागाउका नबीन चन्द, गणेश बोहरा, ११ का गोपाल सुनार, सर्मीला सुनार, १० का संन्तोष राना, १२ का बहादुर भनारी, ३ का सन्त सुनार, १३ हिउसा गिरी, साल्मा ५ का नन्दलाल जैसी, सीम्ाँ ९ का मदन पुन, मजकोट ७ का दले तिरुवा, दशेरा २ का मनीराम जैसी, १ का दिलबहादुर बुढा, चौरीजहारी ४, रुकुमका कृष्ण गिरी, सुईकोट सल्यानका उदय बुढाको मात्र सनाखत भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी भावेश रिमालले जानकारी दिए । मृत्यु हुनेमा ५ महिला र १९ पुरुष रहेका छन् । बस दुर्घटनास्थलमा १७ जनाको मृत्यु भएको थियो भने ७ जनाको जाजरकोट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी रिमालले वताए ।
जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेका २८ जना गम्भीर घाइतेको थप उपचारका लागी रुकुमको चौरजहारी विमास्थलबाट नेपाली सेनाको हेलिकप्टरद्वारा नेपालगंज तर्फ थप उपचारका लागि पठाइएको रिमालले बताए । सामान्य घाइते भएका ९ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।
घटना घटेको ४ घण्टा वित्दा समेत गम्भीर घाईतलाई उपचारको लागि जिल्ला बाहिर नलिंदा घाईतेका आफन्त आक्रोसित बनेका छन् । सम्बन्धित निकायले हेलिकप्टर पठाउन ढिला गरेकोले गम्भीर घाईतेको जाजरकोट अस्पतालमा मृत्यु भएको स्थानीय चन्द्र प्रकाश खत्रीले बताए । गम्भीर घाईतेलाई हेलिकप्टरद्वारा उपचारका लागि नेपालगंज तर्फ लैजाने भने पनि विहीबार राति १० बजेसम्म उपलब्ध नभएको खत्रीले बताए । भेरीगंगा यातयात ब्यबशायी समितिको उक्त बसमा ६१ यात्रु सवार भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्