देशभर स्थानीय तहको ७ सय ४४,रामेछापमा २ नगरपालिका ६ गाउँपालिका (हेर्नुहोस सूचीसहित)



२७ फागुन, काठमाडौं ।
नयाँ संविधानअनुसार देशभर ७ सय ४४ स्थानीय तह कार्यान्वयनमा आएको छ । फागुन २२ गते सरकारले गरेको निर्णय राजपत्रमा प्रकाशित भएपछि ७ सय ४४ वटा स्थानीय तह कार्यान्वयनमा आएको हो ।

नयाँ संरचनाअनुसार महानगर ४, उपमहानगर १३, नगरपालिका २ सय ४६, गाउँपालिका ४ सय ८१ रहने छन् । वडाहरुको संख्या ६ हजार ६ सय ८० रहने छन् । यसअघि ३ हजार १ सय ५७ गाविस र २ सय १७ नगरपालिका थिए । त्यसैगरी रामेछाप जिल्लामा २ नगरपालिका सहित ६ गाउँपालिका भएको छ ।

  

 

प्रतिक्रिया दिनुहोस्