ग्यासको मुल्य बढ्यो,पेट्रोल पम्पमा लाइन



२७ फागुन, काठमाडौं ।
नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी खना पकाउने ग्यासको ग्यासको मूल्य बढाएको छ । भारतबाट ग्यासको मूल्य उच्च रुपमा बढेर आएको भन्दै निगमले ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको हो ।अब एक सिलिन्डर ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ पुगेको छ । आजसम्म ग्यास सिलिन्डरको १३ सय ५० रुपैयाँमा कारोबार भइरेको छ ।

आयल निगमले ग्यासमा लगातार घाटा बढिरहेकाले समान्य रुपमा मूल्य बढाईएको बताएको छ । अहिले निगमलाई ग्यासमा प्रतिसिलिन्डर ३ सय १३ रुपैयाँ ५१ पैसा घाटा रहेको बताउदै निगमले अब मूल्य बढेपछि ग्यासमा निगमलाई २ सय ८८ रुपैयाँ ५१ पैसा मात्रै घाटा हुने जनाएको छ । निगमका अनुसार पट्रोल र डिजेलमा भने मूल्य घटबढ गरिएको छैन ।
यसैबीच निगमले काठमाडौंमा पम्पहरुमा केही दिनदेखि लागेको लाइनलाई साम्य गर्न शनिबार पनि थानकोट डिपो खोल्ने भएको छ । तराई क्षत्रेमा उत्पन्न समस्या कारण उपभोक्तामा मनोवैज्ञानिक त्रास हुँदा तेलको माग दोब्बर भ्एको छ ।

प्रतिक्रिया दिनुहोस्