नेपाली भूमिको रक्षा गर्ने क्रममा मारिएका गोविन्द गौतम शहीद घोषित



२७ फागुज, काठमाडौं ।
कञ्चनपुरको आनन्दबजारस्थित नेपाली भूमिमा रतीय सीमा सुरक्षा बल .(एसएसबी) को गोलीले मारिएका गोविन्द गौतमलाई सरकारले सहिद घोषणा गरेको छ । नेपाली नागरिक भारतीय सुरक्षा अधिकारीको गोलीबाट आफ्नै मातृभूमिमा ज्यान गुमाउनुपरेको घटनाप्रति नागरिकहरु आक्रोशित भएको बेला सरकारले गौतमलाई शहीद घोषणा गरेको हो ।

घटनाप्रति भारतसँग आपत्ति जनाइएको भन्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सहिद घोषित गौतमको अन्त्येष्टि सम्मानका साथ गर्ने बताए । उनले गौतमको सन्तानलाई निस्शुल्क शिक्षाको व्यवस्था मिलाउने, पीडित परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको बताए ।

भारतीय सीमाभन्दा निकैभित्र निर्माणाधीन कल्भर्टका विषयमा स्थानीय नेपालीसँगको विवादमा एसएसबीका अधिकारीले बिहीबार गोली प्रहार गर्दा गौतमको मृत्यु भएको थियो ।

गौतमको निधन भएपछि भारतीय हस्तक्षपको विरुद्ध नेपालभर आक्रोश र आन्दोलन सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्