निर्वाचन आयोगले तोक्यो उम्मेदरवाको खर्च, उम्मेदवारले कति खर्च पाउछन ?



२८ फागुन, काठमाडौं ।
निर्वाचन आयोगले वैशाख ३१ का का लागि तोकिएको स्थानीय चुनावमा उम्मेद्वारको खर्चको मापदण्ड तोकेको छ ।आयोगले स्थानीय तह चुनावमा भाग लिने उम्मेदवारले निर्वाचन प्रचारप्रसार लगायतका काममा गर्न पाउने खर्चको सीमा तोकेको हो ।जिल्ला समन्वय समितिका वडा सदस्यले सबैभन्दा कम खर्च गर्न पाउनेछन् । व

डा सदस्यले बढीमा एक लाख ५० हजार र सबैभन्दा धेरै खर्च गर्न पाउने महानगरपालिकाका प्रमुख र उपप्रमुखले सात लाख ५० हजार खर्च गर्न पाउनेछन् ।महानगरपालिकाका वडा अध्यक्षको चुनाव खर्चको सीमा तीन लाख तोकिएको छ ।

उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखले पाँच लाख ५० हजार र वडा सदस्यले दुई लाख ५० हजार चुनावम खर्च गर्न पाउनेछन् । नगरपालिकाका प्रमुख र उपप्रमुखले चार लाख ५० हजार र वडा सदस्यको खर्च दुई लाख छ ।गाउँपालिका प्रमुख र उपप्रमुखले चुनावमा तीन लाख ५० हजार र वडाअध्यक्षले एक लाख ५० हजार खर्च गर्न पाउनेछन् ।

त्यसबाहेक जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले २ लाख ५० हजार र सदस्यले एक लाख ५० हजार खर्च गर्न पाउने गरी निर्वाचन आयोगले चुनाव खर्च तोकेको हो ।मतदाता नामावली खरिद, सवारी साधन, घोडा, सवारी इन्धन, दाना, प्रचार–प्रशार सामग्री, ढुवानी, कार्यकर्ता परिचालन, कार्यालय संचालन, प्रतिनिधि परिचालनमा उम्मेद्वारले खर्च गर्न पाउनेछन ।

प्रतिक्रिया दिनुहोस्