आज होली हर्षोल्सासकोपूर्व मनाइदै



२९ फागुन, काठमाडौं ।
आज फागु पूर्णिमा अर्थात होली पर्व विभिन्न कार्यक्रम गरी मनाईदै छ । । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।बसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा पर्व एक साताअघि काठमाडौको वसन्तपुरमा चीर ठड्याएपछि सुरु भएको थियो । रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको तीनतले चीर ठड्याएपछि सुरु भएको फागु पूर्णिमाको आज विशेष दिन हो ।

खासगरी पहाडी जिल्लाहरुमा आज उल्लासपूर्वक होली मनाइन्छ भने तराइका जिल्लाहरुमा भोलि आर्थात सोमबार विशेष रुपमा यो पर्व मनाइन्छ । आन्दोलनका कारण यसवर्ष मधेसको होली भने अघिल्लो वर्षको तुलनामा केही फिक्का हुनेछ । भने कञ्चनपुरमा भारतीय एसएसबीको गोली गोविन्द गौतमको आज सम्मानको साथ आज अन्त्यष्टि गरिने भएको कारण होली फिक्का हुनेछ ।
आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिन्छ ।होलीमा रङ र अबिर आपसमा छ्याप्ने गरिए पनि अहिले पानी बढी प्रयोग हुने गरेको छ । होली खेल्दा हुने आपराधिक घटना तथा दुर्घटना रोक्न प्रहरीले विशेष सुरक्षा योजना चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्