चैत्र ५ गते काभ्रेको माम्तीमा निशुल्क स्वस्थ्य शिविर हुने



२९ फागुन, काभ्रे ।
ग्रामिण क्षेत्रमा निशुल्क स्वस्थ्य सेवा प्रदान गर्ने उदेश्यले चैत्र ५ गते काभ्रे जिल्लाको भिमखोरीस्थित माम्तीमा निशुल्क स्वस्थ्य शिविर हुने भएको छ । रायमाझी कुदलदेवता केन्द्रीस्य समिति, काठमाडौं मेडिकल कलेज सिनामंगल र नेपाल बाथरोग उपचार केन्द्र जावलाखेलको सहयोगमा चैत्र ५ गते शनिवार बिहान ९ बजेदेखि दिउसो ४ बजेसम्म एक दिन निशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।

स्वास्थ्य शिविरमा फिजिसियन डाक्टरहरुबाट पेट छाती, टाउको लगायत शरीरमा भएका र पत्ता नलागेका सबै रोगहरुको सेवा प्रदान गरिनेछ । आँखा, दाँत, बाथ स्त्री रोग (महिलाहरुको आङ खस्ने तल्लो पेट दुख्ने र महिनावारी गडबड हुने)का लागि विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गर्ने रायमाझी कुलदेवता केन्द्रीय समितिका सचिव लक्ष्मण बहादुर रायमाझीले बताए ।
रोगले दुःख दिएर कुनै कारणवंश स्वास्थ्य सेवा लिन नसकेकाहरुले आफने घरदैलामा स्वास्थ्य सेवा लिन अवसर नगुमान र आफ्नो रोग कुनै कारणले भन्न नसकी सेवा लिन नसकेको रोगी बिरामीहरुको लागि सुनौलो अवसर भएको रायमाझीले बताए ।

बिरामी र डाक्टरहरुको संख्या एकिन गर्न फोनबाट नै अग्रीम बिरामीको नाम दर्ताको व्यवस्था गरेको रायमाझी कुलदेवता समिति जिल्ला कार्यालय काभ्रेले बताएको छ । माम्तीमा हुने निशुल्क स्वास्थ्य शिविरमा काभ्रे रामेछाप र सिन्धुलीका एक दर्जन गाउँपालिका बासिन्दाहरुले सेवा लिन समितिले आग्रह गरेको छ ।

बिरामीले सम्पर्क गर्न तलको नम्बरमा नाम टिपाउन सक्नेछनः

प्रतिक्रिया दिनुहोस्