शहीद गोविन्द गौतमको शवयात्रामा हजारौं सहभागी



२९ फागुन, काठमाडौं ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) गोली लागेर मृत्यु भएका कञ्चनपुर पुनर्वासका गोविन्द गौतमको शवयात्रामा सयौं नागरिक सहभागी भएका छन् । नेपाली भुमिको रक्षा गर्ने क्रममा भारतीय एसएसबीको गोली लागेर मृत्यु भएका गौतमलाई सरकारले शहीद घोषणा गर्दै आज उच्च सम्मान सहित अन्त्यष्टिमा सहभागी भएका छन् ।

पुनर्वास नगरपालिकाको आनन्दबजारको नेपाल–भारत सीमा क्षेत्रमा कलभर्ट निर्माणको विषयमा विवाद हुँदा एसएसबीले चलाएको गोली लागेर ज्यान गुमाएका गौतमलाई सरकारले शहीद घोषणा गरेको थियो ।

सेती अञ्चल अस्पताल धनगढीबाट शुरु भएको शवयात्रा धनगढीको डोके बजार, एलएन चोक, चौराहा, त्रिनगर भन्सार नाका हुँदै कञ्चनपुरको पुर्नवास नगरपालिकामा पुगेको छ ।
शवयात्रामा हजारौं नागरिक सहभागी छन् । शवयात्रामा कैलाली र कञ्चनपुरका सुरक्षा अधिकारीहरु, सरकारी उच्च कर्मचारीहरु, राजनीतिक दलका प्रतिनिधिहरु लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्