विद्यालयलाई सहयोग गर्ने सम्मानित



३० फागुन, रामेछाप ।
श्री कृष्णपुर माध्यमिक विद्यालय खनियापानी रुपाकोटले विद्यालयलाई सहयोग गर्ने संघ संस्था र व्यक्तिहरुलाई सम्मानित गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षामा विद्यालयबाट सहभागी हुने विद्यार्थीहरुलाई विदाई एवं शुभकामना दिन आयोजित कार्यक्रममा विद्यालयको शैक्षिकस्तर अभिवृद्धि, आर्थिक, भौतिक र प्राविधिक सहयोग गर्ने संघ संस्था र व्यक्तिहरुलाई सम्मानित गरिएको हो ।

सम्मानित हुने संस्थाहरुमा सूर्योदय समाज सेवा हिलेदेवी, न्यायिक संसार किमडोल स्वयम्भु काठमाडौं, सामुदायिक विकास समाज मन्थली रहेका छन् । त्यसैगरी विद्यालयको शैक्षिक क्यालेन्डर प्रकाशित गर्न आर्थिक सहयोग प्रदान गर्ने रीना डिमडुङ, दुर्गादेवी मानन्धर,ज्ञानकुमार कोइराला,विश्व थापा, हस्त मानन्धर, देवेन्द्र मानन्धरलाई पनि कदरपत्र सहित सम्मानित गरिएको छ । एसइइ परीक्षाको गुणस्तर अभिवृद्धि गर्न आर्थिक सहयोग गर्ने दानबहादुर तामाङ, गंगाराज लामा, दिपककुमार श्रेष्ठ, रीना डिम्डुङलाई पनि विद्यालयले सम्मान गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर तामाङको अध्यक्षमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रअ रोमन लामाले विद्यार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गदै विद्यालयको भावी कार्यक्रमको बारेमा आफ्नो धारणा राखेका थिए । प्रअ लामाले शिक्षक, अभिभावक र विद्यार्थीको मेहनतले मात्र विद्यालयको शैक्षिकस्तर राम्रो हुने बताए ।

कार्यक्रममा विद्यालयका शिक्षकहरु रामबहादुर तामाङ, सुमन तामाङ, रामबहादुर शिवभक्ती लगायतले आ–आफ्नो धारणा राखेका थिए । त्यसैगरी विद्यालयले शैक्षिक सत्र २०७३ मा बर्षभरी सञ्चालन भएको विविध अतिरिक्त क्रियाकलापहरुमा प्रथम, द्धितिय र तृतीय हुने छात्रा छात्रलाई पुरस्कार वितरण गर्नुको साथै कार्यक्रमको अवसरमा विभिन्न सांस्कृति कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

आगामी चैत्र ३ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा देशभर कुल एक हजार ९२३ केन्द्र निर्धारण गरिएको छ । विगतमा एसएलसी परीक्षाको रुपमाा लिइदै आएपनि यसबर्षदेखि एसइइ नाम दिएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस बर्ष कुल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्