रामेछापमा विकासले गति लिदैछःसांसद श्रेष्ठ



३० फागुन, रामेछाप ।
रामेछाप क्षेत्र नम्बर २ का सांसद एवं नेकपा माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठ ‘कुशल’ले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनमा सबै जुटनु पर्ने बताएका छन् । लामो संघर्षबाट जारी भएको संविधान कार्यान्वयन गर्न र जनतालाई अधिकार सम्पन्न बनाउनको लागि पनि स्थानीय तहको निर्वाचन आवश्यक रहेको बताएका हुन् ।

निर्वाचन मार्फत संविधान कार्यान्वयनसँगै देशलाई आर्थिक विकासको गतिमा अगाडि बढाउनु पर्ने बताउदै सांसद श्रेष्ठले विकास निर्माणमा सबै एकताबद्ध भएर लाग्नु पर्ने बताए ।गोकुलगंगा गाउँपालिकाको प्रथम सम्मेलको उदघाटन गर्दै उनले रामेछापमा विकासले गति लिएको बताउदै सडक पुल खानेपानी विद्युतीकरण लगायतका काम अगाडि बढेको बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र रामेछाप जिल्लाका इन्चार्ज धावा लामाले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा सम्पन्न गराउनु पर्ने बताए । उक्त कार्यक्रममा माओवादी केन्द्रका नेता प्रेमकुमार कार्कीले राजनीतिक परिवर्तसँग अब विकास निर्माणमा लाग्ने बेला आएको बताए । सम्मेललन प्रज्ञान खडकाको अध्यक्षमतामा ४५ सदस्यीय समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्