रामेछाप जिल्लाका २ नगरपालिका र ६ गाउँपालिकामा निमित्त कार्यकारी तोकियो



३० फागुन, काठमाडौं ।
नयाँ संविधान अनुसार देशभर ७ सय ४४ स्थानीय तह कार्यान्वयनमा आएसँगै रामेछापको २ नगरपालिका कार्यकारी अधिकृत र ६ गाउँपालिकामा गाविस सचिवलाई जिम्मेवारी तोकिएको छ । जिल्ला समन्वय समिति मन्थली रामेछापले मन्थली नगरपालिको कार्यकारी अधिकृतमा पुरुषोत्तम सापकोटा, रामेछाप नगरपालिकाको कार्यकारी अधिकृतमा गणेश नेपालीलाई निमित्त तोकेको हो । सापकोटा र नेपाली यस अघि नै नगरपालिका कार्यकारी अधिकृत रहेका थिए ।

त्यसैगरी जिल्ला समन्वय समितिले ६ वटा गाउँपालिमा निमित्त कार्यकारीको रुपमा गाविस सचिवलाई जिम्मेवारी दिएको छ । उमाकुण्ड गाउँपालिकामा सचिव केशर बहादुर खत्री, सुनापती गाउँपालिकामामा सचिव घनश्याम थपलिया, लिखु गाउँपालिकामा गाविस सचिव केशरमान तामाङ, खाँडादेवी गाउँपालिकामा गाविस सचिव पासाङ कुमार लामा, गोकुलगंगा गाउँपालिकामा गाविस सचिव ढालबहादुर कार्की र दोरम्बा गाउँपालिकामा गाविस सचिव लाल बहादुर श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।
फागुन २२ गते सरकारले गरेको निर्णय र राजपत्रमा प्रकाशित भएपछि ७ सय ४४ वटा स्थानीय तह कार्यान्वयनमा आएको हो । नयाँ संरचना अनुसार महानगर ४, उपमहानगर १३, नगरपालिका २ सय ४६, गाउँपालिका ४ सय ८१ रहने छन् । वडाहरुको संख्या ६ हजार ६ सय ८० रहने छन् । जिम्मेवारी दिएका कर्मचारीलाई तत्काल सम्बन्धित गाउँपालिकामा गएर काम गर्न पनि समन्वय समितिले आग्रह गरेको छ । स्थानीय तहको निर्वाचनको मिति नजिकदै जादा सरकारले नयाँ संरचना अनुसार कर्मचारीको व्यवस्थापन गर्ने काममा लागेको छ ।

प्रतिक्रिया दिनुहोस्