स्थानीय तहको निर्वाचनमा दुई लाख कर्मचारी



१ चैत्र, काठमाडौं ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि करिब दुई लाख कर्मचारी आवश्यक पर्ने बताएको छ ।निर्वाचन गराउनका लागि करिब दुई लाख १८ हजार कर्मचारी आवश्यक पर्ने बताउदै आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले ‘अहिले जिल्ला निर्वाचन कार्यालयलाई उपयुक्त मतदान केन्द्र तोक्न निर्देशन दिएको बताए ।

उनका अनुसार एक मतदान केन्द्रमा आठ जनाका दरले कर्मचारी राख्ने तयारी गरिएको छ ।एक केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदाताको नाम रुजु, बूढीऔँलामा मसी लगाउने र सहायक गरी पाँच सरकारी कर्मचारी र तीन स्थानीय स्वयंसेवक राखिने छ ।

आयोगले मतदान अधिकृतका रुपमा उपसचिव, शाखा अधिकृत र नायब सुब्बासरहको कर्मचारीलाई खटाउने छ । प्रवक्ता शर्माले आवश्यक कर्मचारीका रुपमा निजामती र सङ्घसंस्थानका कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकलाई खटाइने बताए ।

प्रतिक्रिया दिनुहोस्