९८ प्रतिशत भुकम्प पीडितलाई पहिलो किस्ताको अनुदान बितरण



१ चैत्र, काठमाडौं ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा अनुदान सम्झौता सम्पन्न भएका लाभग्राही मध्ये ९६ प्रतिशतलाई निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ताको अनुदान बितरण सम्पन्न गरेको छ । अनुदान सम्झौता सम्पन्न भएका ५ लाख ५४ हजार ६ सय १४ घरधुरी मध्ये ५ लाख ३३ हजार ६ सय ९१ घरधुरीलाई पहिलो किस्ताको ५० हजार रुपैया बितरण सम्पन्न भएको हो ।

मंगवार सम्मको अनुदान बितरण प्रगति अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला बाहेक भूकम्प अति प्रभावित ११ जिल्लामा ९८ प्रतिशत लाभग्राहीले पहिलो किस्ता प्राप्त गरिसकेका छन् । सरकारी जग्गा मिचेर बनेका घर तथा लालपुर्जा नभएको र जग्गासम्बन्धी विवाद भएका केही घरधुरीले आवश्यक प्रक्रिया पुरा गर्न नसक्दा पहिलो किस्ताको अनुदान लिन सकेका छैनन ।

पछिल्लो प्रगती अनुसार पहिलो किस्ता लिएर सरकारी मापदण्ड र प्रक्रिया पुर् याएका घरको जग पुनर्निर्माण कार्य सम्पन्न गरेका एक हजार ४ सय ३८ घरधुरीले दोस्रो किस्ता वापतको अनुदान समेत प्राप्त गरिसकेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले दोलखामा पहिलो र दोस्रो किस्ता बुझेर मापदण्ड अनुसार घरको पनुर्निर्माण गरिरहेका ४४ घरधुरीलाई तेस्रो किस्ता बापतको एक लाख रुपैया अनुदान समेत बितरण गरिसकेको छ । प्राधिकरणले दोस्रो किस्ता बितरणमा ढिलाई नहोस भन्ने उद्देश्यले अग्रीम रुपमा जिल्लामा अनुदान रकम पठाइसकेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले पहिलो किस्ता लिएर सरकारी मापदण्ड र प्रक्रिया पुरा गरि घरको जग हालेका लाभग्राहीले तत्काल दोस्रो किस्ताको रकम प्राप्त गर्न सक्ने बताए । पोखरलले भने,‘ जिल्लामा प्राविधिक निरीक्षण फारम भरेर पहिलो प्रक्रिया पुरा गरेको प्रमाणित भए दोस्रो किस्ताको अनुदान रकम लिन सकिन्छ, हामीले दोस्रो किस्ता वापतको अनुदान रकम बितरणका लागी जिल्लामा पहिले नै पठाइसकेका छौ ।’ पहिलो चरणको प्रक्रिया पुरा गरेका लाभग्राहीले तत्काल नजिकैको गााउपालिका र नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न पनि प्राधिकरणले लाभग्राहीलाई आग्रह गरेको छ ।

कतिपय जिल्लामा दोस्रो किस्ताका लागी प्राविधिक निरीक्षण फारम पुग्ने क्रममा रहेको शहरी बिकास तथा भवन निर्माण विभागले जनाएको छ । फारम छाप्ने जिम्मा लिएको शहरी बिकास तथा भवन निर्माण विभागले बिश्व बैंकसँग समन्वय गरेर थप फारम जिल्ला पठाइ रहेको भन्दै कार्यकारी प्रमुख पोखरेलले सवै जिल्लामा दोस्रो किस्ता वापतको अनुदान बितरणलाई तिव्रता दिन निर्देशन दिएको बताए ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार रामेछाप जिल्लामा ४३ हजार ६ सय ९ जना लाभग्राही छन । जस अनुसार कुल घरधुरी ४० हजार ९ सय ११ छ । अहिलेसम्म ९४ प्रतिशत अनुदान सम्झौता सम्पन्न भएको छ भने ११ हजार १ सय ९८ गुनासो दर्ता भएकोमा  हालसम्म फस्यौट भएका गुनासो ८ हजार ९ सय ८१ छ । बाँकी गुनासो फस्यौट हुने क्रममा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्