रामेछापबाट ५ हजार ६४ विद्यार्थीले एसइइ परीक्षा दिने



२ चैत्र, रामेछाप ।
रामेछाप जिल्लाबाट भोलीबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षामा पाँच हजार ६४ विद्यार्थी सहभागी हुने भएका छन् । जिल्ला शिक्षा कार्यालय रामेछापका अनुसार नियमिततर्फ ४ हजार १ सय ७८, इक्जाम्टेड ३ सय ३९, आशिक तर्फ ५ सय १६ र प्राविधिक तर्फ ३१ जना विद्यार्थी सहभागी हुने भएका हुन् । जिल्लाभर तीन वटा बोर्डिङ सहित ९४ जना मावि विद्यालयमा २१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

तार तहमा परीक्षाको अनुगमन
जिल्ला शिक्षा कार्यालयले चार तहको एसइइ परीक्षाको अनुगमन गर्ने बताएको छ । पहिलो स्रोत व्यक्ति, दोस्रो जिल्ला शिक्षा कार्यालयका जिल्ला शिक्षा अधिकारी सहितका कर्मचारी, तेस्रो प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, प्रहरी प्रमुख र चौथोमा शिक्षक संघ संगठनका प्रतिनिधि रहेका छन् ।
चैत्र ३ गतेबाट सुरु हुने एसइइ परीक्षामा मा देशभर कुल एक हजार ९२३ केन्द्र निर्धारण गरिएको छ । विगतमा एसएलसी परीक्षाको रुपमाा लिइदै आएपनि यसबर्षदेखि एसइइ नाम दिएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस बर्ष कुल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी हुनेछन् ।

तस्बीरः नरसिंह धामीको फेसबुकबाट ।

प्रतिक्रिया दिनुहोस्