स्थानीय तहको निर्वाचनमा २१ हजार मतदान केन्द्र



२ चैत्र, काठमाडौं ।
निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि करिब २१ हजार मतदान केन्द्र राख्ने तयारी गरेको छ ।आयोगले निर्वाचन गराउनका लागि अहिले मतदान केन्द्र छनोट कार्य भइरहेकाले करिब २१ हजार मतदान केन्द्र राख्ने तयारी गरेको हो ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले उनले प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्लास्थित सुरक्षाप्रमुख, जिल्ला निर्वाचन कार्यालय, सम्बन्धित नगरपालिका तथा गाउँपालिकाका प्रमुख र राजनीतिक दलका प्रतिनिधिलाई मतदान निर्धारण गर्न दिएको बताए।

चैत्र १० गतेसम्म सबै निर्वाचन कार्यालयलाई मतदान केन्द्र निर्धारण गरेर आयोगमा पठाउने निर्देशन दिएका छौ, शर्माले भने ।

सरकारले स्थानीय तहको सङ्ख्या निर्धारण गरेपनि आयोगले मतदान गर्नका लागि मतदान केन्द्र तोक्न निर्देशन दिएको हो । स्थानीय तहको निर्वाचन बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने शर्माले जानकारी दिए । सरकारले देशभर ७ सय ४४ स्थानीय तह बनाउने निर्णय गर्दै कार्यान्वयको गतिलाई अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्