अर्थ मन्त्रालयद्धारा प्रत्येक स्थानीय तहलाई एक करोड निकास



२ चैत्र, काठमाडौं ।
अर्थ मन्त्रालयले ७ सय ४४ स्थानीय तहको लागि प्रत्येकलाई एक करोड बजेट निकासा गरेको छ । स्थानीय तह कार्यान्वयनमा आएर निमित्त कार्यकारी अधिकृत खटाएसँगै अर्थमन्त्रालद्धारा स्थानीय तहलाई एक एक करोड बजेट निकासा गर्ने गरेको हो ।
‘बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री कृष्णबहादुर महराले नयाँ संरचनाको पूर्वाधार विकासका लागि ७४४ स्थानीय तहमा मन्त्रालयले एक एक करोडका दरले ७४४ करोड बजेट निकासा गर्ने निर्णय गरेको बताए ।सो रकम नयाँ संरचनाको पूर्वाधार विकास लगायतका क्षेत्रमा खर्च गरिनेछ ।सरकारले मंगलबारदेखि मात्रै ७४४ स्थानीय तह कार्यान्वयनमा ल्याएको थियो

प्रतिक्रिया दिनुहोस्