कांग्रेस नेता एवं पूर्व सहायक मन्त्री रामहरि ढुंगेलको निधन



३ चैत्र, काठमाडौं ।
नेपाली कांग्रेसका नेता एवं पूर्व कृषि सहायक मन्त्री रामहरि ढुंगेलको निधन भएको छ । रामेछाप जिल्ला पकरवासमा जन्मिएका ढुंगेलको काठमाडौं डिल्लीबजारस्थिकोठामा सुतेकै  अवस्थामा मृत भेटिएका हुन् । उच्च रक्तचाप, ग्यास्ट्रिक लगायतको समस्याबाट पीडित ढुंगेलको स्वास्थ्यमा समस्या आएपछि बुधवार राती नौ बजे उनले हिमाल अस्पतालमा उपचार गराएर राती कोठामा आएर सुतेका थिए ।


ढुंगेलेको सुतेकै अवस्थामा निधन भएको रामेछाप जिल्लाका नेता रामचन्द्र खड्काले बताए ।

उनले रामछाप न्युजसँग भने,‘सुतकै अवस्थामा निधन भएको देखिएको छ, पार्टीका नेताहरुसँग के गर्ने भन्नेमा छलफल गरिरहेका छौ प्रशासनसँग पनि कुराकानी भइरहेको छ ।’

ढुगेलेको निधन भएको खरब प्राप्त भएसँगै उनको निवासमा अहिले कांग्रेस नेता तथा कार्यकर्ताहरुको भीड लागेको छ ।
ढुंगेल रामेछाप जिल्लाको सचिव सभापति हुँदै २०५६ सालमा भएको निर्वाचनमा रामेछाप क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद समेत रहेका थिए । ढुंगेल अविवाहित हुन् । उनी कोठामा एक्लै बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्