रामेछापले गुमायो असल नेता



३ चैत्र, काठमाडौं ।
नेपाली कांग्रेसका नेता एवं पूर्व सहायक कृषि मन्त्री रामहरि ढुंगेलेको निधनले रामेछाप जिल्लालाई ठूलो क्षति पुगेको छ । ढुंगेलको बुधबार राति काठमाडौं डिल्लीबजारस्थित डेरामा सुतकै अवस्थामा निधन भएको खबरले रामेछापसीले दुःखी भएका छन् ।

रामेछाप जिल्ला पकरवास–६ मा जन्मिएका ६० बर्षिय ढुंगेल झण्डै चार दशकदेखि राजनीतिमा सक्रिय रहदै आएका थिए । रामेछाप जिल्लामा बसेर लामो समय राजनीति गरेका उनले जिल्लाको विकासमा सधै चिन्तित रहे । २०५६ सालबाट रामेछाप क्षेत्र नम्बर २ बाट निर्वाचित भएका ढुंगेले कृषि सहायक मन्त्री समेत भए । जीवनको महत्वपूर्ण समय राजनीतिमा विताएकाले उनले विवाह समेत गरेनन् ।
एक्लै बस्दै आएका ढुंगेलेको केही बर्षयता स्वास्थ्यमा समस्या देखिएको थियो । एक्लै बसेको कारण खानपिनमा ध्यान दिन पार्टीका नेताहरुले बारम्बार सुझाव दिने गरेका थिए । बुधवार साती नौ बजे हिमाल अस्पताल पुगेका ढुंगेललाई ग्यास्टिकको समस्या भन्दै सामान्य औषधी दिएर फर्काएपछि उनी कोठामा पुगेर सुतेका थिए । तर सामान्य औषधी सेवन गरेर आफ्नै कोठामा सुतेका ढुंगेल कहिले नउठने गरी सधैका लागि विदा भए ।

पञ्चायती व्यवस्थाविरुद्ध कांग्रेसले चलाएको आन्दोलनमा सक्रिय भएका नेता ढुंगेल विद्यार्थी संघदेखि कांग्रेसका विभिन्न तहमा बसेर जिम्मेवारी निर्वाह गरेका थिए । पञ्चायतका विरुद्धमा पटक–पटक जेलजीवन विताएका उनले जीवनभर राजनीतिमै विताए । राजनीति बाहेक कुनै पेसा व्यवासायतिर लागेनन् । रामेछापका पार्टी सभापति, सासद र कृषि सहायक मन्त्री हुँदा रामेछापको विकासमा ढुंगेले उल्लेखिय भूमिका निर्वाह गरेका थिए ।

नेपाली कांग्रेस रामेछापको सदस्य, सचिव, सभापति हुँदै चार दशक राजनीतिमा सक्रिय ढुंगेलको निधले सिंगो पार्टीलाई नै क्षति पुगेको कांग्रेस नेता एवं रामेछापका सासंद शिवबहादुर खड्काले बताए । उनले भने,‘ढुंगेलको निधनले स्तब्ध छु, रामेछापले एक असल नेता गुमायो ।’ ढुंगेलको निधनको खबर सुन्नासाथ रामेछापबाट जिल्लास्तरका नेता तथा कार्यकर्ताहरु अन्तिम श्रृद्धाञ्जली दिनका लागि काठमाडौं आएका छन् ।
सामाजिक सञ्जालमा ढुंगेलको निधनप्रति रामेछाप कांग्रेसका मात्र नेकपा ओवादी केन्द्र नेकपा एमाले सहितका विभिन्न संघ संस्था र व्यक्तिहरुले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्