ढुंगेलको शवलाई पार्टी कार्यालय सानेपा लगिदै, आजै अन्त्यष्टि गरिने



३ चैत्र, काठमाडौं ।
नेपाली कांग्रेसका नेता एवं पूर्व कृषि सहायक मन्त्री रामहरि ढुंगेलको शव परीक्षणको लागि टिचिङ अस्पतालमा लगिएको छ । अबको आधा घण्टापछि पोष्टमार्टम सकिने र श्रद्धान्जलीको लागि पार्टी केन्द्रीय कार्यालय सानेपा लगिने भएको छ । कांग्रेसका नेता अर्जुन केसीले रामेछाप न्युजसँग भने,‘टिचिङमा पोष्टमार्टम सकिएपछि अबको आधा घण्टापछि ढुंगेलको शव सानेपा लैजान्छौं ।’


ढुंगेललाई श्रद्धाञ्जली दिनको लागि पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता सहभागी हुन क्रम बढेको छ । सानेपामा पार्टी सभपाति शेरबहादुर देउवा लगायतका नेताहरुले ढुंगेललाई श्रद्धान्जली दिने कार्यक्रम रहेको केसीले जानकारी दिए । उनका अनुसार आज नै ढुंगेलेको पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिनेछ । बुधवार राती सुनकै अवस्थामा ढुंगेलको निधन भएको थियो । ढुंगले चार देशकदेखि राजनीतिमा सक्रिय रहदै आएका थिए । रामेछाप जिल्ला क्षेत्र नम्बर २ बाट २०५६ सालमा निर्वाचित भएको ढुंगेले कृषि सहकाय मन्त्री समेत भएका थिए । ढुंगेल अविवाहित हुन् ।

प्रतिक्रिया दिनुहोस्